काठमाडौँ – मण्डला नाटकघर (थिएटर) बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार मण्डलाको नयाँ भवन उद्घाटन गरेका छन् । २०० सिट क्षमताको ठूलो अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण गरिएको छ । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफैंले भवन निर्माण गरेको हो । उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले साहित्यले समाजको चित्रणका साथै समाजलाई सहि रुपन्तरण गर्न सक्ने बताए ।


ADVERTISEMENT

# # #


उनले साहित्य समृद्धितर्फ अग्रसर हुनुपर्ने भन्दै उनले मुलुकको परिर्वतनमा यस क्षेत्रले पुराएको योगदानको चर्चा गरेो । नेपालमा नाटकको इतिहास लामो रहेको र यसलाई निरन्रता दिनु उचिकै चूनौतिपूर्ण रहेको उनको भनाई छ । उनले नेपालको नाटक क्षेत्रको उत्थानका लागि सरकारले अझै पहल गर्नुपर्ने धारणा राखे ।

सन् २००९ देखि अनामनगरमा मण्डला नाटक घर सञ्चालन हुँदै आएको थियो ।