धनगढी – नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन् ।


ADVERTISEMENT


दोस्रो चरणको निर्वाचनमा भट्टले एक हजार ३५९ मत ल्याउनुभएको थियो भने उनका प्रतिस्पर्धी बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो । आज भएको मतदानमा दुई हजार ४६७ मत खसेको थियो ।


ADVERTISEMENT

# # #


पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार बमले सबैभन्दा बढी मत पाएका थिए । बमले एक हजार १६९ मत पाउँदा सभापतिका अर्का उम्मेदवार भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका थिए । पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि फेरि मतदान भएको थियो । दोस्रो चरणमा इतर पक्षले पनि बमलाई सघाउने निर्णय गरेको थियो । तर भट्ट संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएर चुनाव लडेका थिए ।