काठमाडौँ– काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पदवस्तु छोडोर त्रास फैलाउने एक व्यक्ति पक्राउ परेको छन् । प्रहरीले गत सोमबार संसद भवन अगाडि तारले बेरिएको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर राखेर फरार हुने दुई व्यक्तिमध्ये एक जनालाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका–२ का सुवास महत रहेको छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गएराति काठमाडौँबाटै पक्राउ गरिएको हो ।


ADVERTISEMENT

# # #


गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित भएको विरोधमा भोलिपल्ट छ दल र दुई मोर्चाले बन्दको आह्वान गरेका थिए। बन्द खासै प्रभावकारी नदेखिएपनि बानेश्वरस्थित संसद भवन अगाडि एकाएक प्रेसर कुकुर बम भेटिएको भन्दै खैलाबैला मच्चिएको थियो ।

सर्वसाधारणमा व्याप्त त्रास सृजना गरेको सो शंकास्पद वस्तु बम भएको आशंका गर्दै नेपाली सेनाले आई त्यसलाई डिस्पोज गरिएको थियो । यद्यपि सो कुकुरभित्र बम नभई त्रास पैदा गर्ने मनसायले कागज तथा प्लाष्टिकका टुक्राहरु मात्रै रहेको पाइएको थियो ।

घटनाबारे अनुसन्धान गर्दा सिसीक्यामेरा फुटेजमा मोटरसाइकलमा सवार दुई युवकले प्रेसरककर छाडेर गएको देखिएको प्रहरीले बताएको छ । सडकमा कुकुर छाड्ने महतका सहयोगीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

महत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनअन्तर्गत पशुपति बहुमुखी क्याम्पस इकाइ कमिटीका अध्यक्ष रहेको प्रहरीले जनाएको छ ।