काठमाण्डौं-चालु आर्थिक वर्षको ५ महिनामा सवै भन्दा वढी राजश्व संकलन पर्सा जिल्लाले गरेको छ ।


ADVERTISEMENT


मंसिरको पहिलो हप्तासम्ममा पर्साबाट ५१ अर्व ८९ करोड रुपैयाँ हाराहारीमा राजश्व संकलन भएको अर्थमन्त्रालय अन्तर्गतको कोष तथा लेखा नियन्त्रणको कार्यलयले जनाएको छ । आयात निर्यातका लागि महत्वपुर्ण रहेको पर्सा नाकाबाट सवै भन्दा वढी राजश्व भित्रिने गरेको छ ।


ADVERTISEMENT

# # #


पर्सापछि मोरङ जिल्लाबाट ११ अर्व रुपैयाँ हाराहारीमा राजश्व संकलन भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । सवैभन्दा कम राजश्व संकलन भने मनाङमा भएको छ ।

आर्थिक गतिविधी कम हुने मनाङमा चालु आर्थिक वर्षको ४ महिनामा जम्मा ६६ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । राजश्वको मुख्य श्रोत तराईका अधिकांश जिल्लामा लक्ष्य अनुसार नै राजश्व संकलन भईरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

चालु आर्थिक वर्षमा ७ खर्व ३५ अर्व रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको सरकारले बुधबारसम्ममा लक्ष्यको २८ प्रतिशत अथार्त २ खर्व ५७ करोड रुपैयाँ राजश्व संकलन गरिसकेको दाबी गरेको छ ।