काठमाडौँ – ओमानमा जारी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमारेत क्रिकेट ग्राउन्डमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार अहिले ३ः४५ देखि सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ‘बी’को उपविजेता युएईविरुद्ध भिड्न लागेको हो । युएईमाथि जित हात पारे नेपाल आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । युएईविरुद्ध नेपाली टोलीमा आज एउटा परिवर्तन गरिएको छ । बाँया हाते अलराउन्डर कुशल मल्लको ठाउँमा मध्यम गतिका ब्याटिङ बलराउन्डर विवेक यादव आएका छन् ।

समूह चरणमा नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रन र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले हराएको थियो ।

यता युएईले पहिलो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डलाई १८ रनले हराएको थियो भने दोस्रो खेलमा जर्मनीलाई २४ रनले पाखा लगाएको थियो । तेस्रो खेलमा भने युएई बहराईनसँग अप्रत्याशित रुपमा २ रनले पराजित भएको थियो । ३ खेलमा समान ४ अंक रहेको युएईले बहराईनलाई नेट रनरेटमा पछि पार्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा नेपाल मात्रै अपराजित टोली हो । सेमिफाइनलको अर्को खेल आयोजक ओमान र आयरल्याण्डबीच हुँदैछ । आयरल्याण्ड समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो भने ओमान समूह ‘ए’को उपविजेताका रुपमा सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनलमा जित हात पोर्ने २ टोली अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

क्यानडाविरुद्ध नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिङ ऐरी, लोकेश बम, आरिफ सेख, विवेक यादव, कमलसिङ ऐरी, सन्दीप लामिछाने (कप्तान), अविनाश बोहरा, जितेन्द्र मुखिया ।