काठमाडौँ – ओमानमा जारी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमारेत क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ थालेको युएईले पहिलो दोस्रो गुमाएको हो । आक्रामक ब्याटिङ गरेर नेपाली बलरलाई हैरान पारेका व्रित्य अरविन्द आउट भएका हुन् । उनलाई कप्तान सन्दीप लामिछानेले बोल्ड आउट गरेका हुन् ।


ADVERTISEMENT

# # #


आउट हुनुअघि उनले २३ बलमा ३ छक्का र ५ छक्का ठोक्दै ४६ रन बनाए ।

यसअघि नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट लिए । उनले दोस्रो ओभरको चौथो बलमा चिराग सुरीलाई ४ रनमा आउट पारेका हुन् । युएईले ताजा अवस्थामा ८ ओभरमा २ विकेट गुमाएर ७३ रन बनाएको छ ।

आजको खेलमा जित हात पार्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ ।