काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उहाले गठबन्धन नटुट्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसंग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केही भन्न नसक्ने तर गठबन्धन भने केहि नहुने बताए  ।

उनले भने, ‘बैठकमा उहाँले (रामचन्द्र पौडेल) गठबन्धन पनि बचाउनु पर्यो, एमसीसीको समस्या पनि समाधान गर्नुपर्यो भन्ने लाइनबाट भन्नुभयो । मैँले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भनेँ । त्यही हो ।’