काठमाडौँ – प्रहरीले त्रिभुवन विमानस्थलबाट भन्सार छली गरेर सुन भित्र्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक मोहम्मद तोफिक उल्लाह र भारतीय नागरिक पारसनाथ शाह रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले विशेष सूचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा नियन्त्रणमा लिई सोधपुछ गर्दा बंगलादेशी नागरिक उल्लाहबाट ९३६ ग्राम सिनसहित पक्राउ गरेको हो । सोमबार हिमालय एयरलाईन्सको उडान नं. एच९५६६ मार्फत दुबईबाट काठमाडौँ आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार पक्राउ परेका मोहम्मद तोफिक उल्लाहले पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई मेटल डिटेक्टरलेले डिटेक्ट गर्न नसक्ने बनाएको पेटी आकारको अर्धठोस सुनको १ थान पोका र भित्रीवस्त्रमा लुकाइएको बेलना आकारको २ थान अर्धठोस सुन बरामद गरिएको छ । उक्त सुन करिब ७७ लाख १९ हजार ६६० रुपैयाँको रहेको एसएसपी ढकालले जानकारी दिए ।

यस्तै उनलाई भन्सार छली गर्न लगाएको आरोपमा भारतीय नागरिक पारसनाथ शाहलाई पनि नियन्त्रणमा लिएको र उनले उक्त कुरा स्वीकार समेत गरेको प्रहरीले जनाएको छ ।  बंगलादेशी नागरिकले लिई आएको सुन संकलन गर्ने कार्यमा पारसनाथको संलग्नता देखिन आएको एसएसपी ढकालले जानकारी दिए । आवश्यक थप अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा एसएसपी ढकाल प्रहरी प्रमुख भएर गएसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।