काठमाडौं – एमसीसीका विषयमा धारणा बनाउन बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक सारिएको छ । गठबन्धनको बैठकको समय दुई घण्टा सारिएको बताइएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएसँगै बैठक दुई घण्टा सारिएको हो ।


ADVERTISEMENT

# # #


देउवा र प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता छ । उक्त छलफलपछि गठबन्धनको बैठकको समय दुई घण्टा सारिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बेलुका ५ बजे बस्ने तय गरिएको प्रचण्डको सचिवालयले जानकारी दिएको हो ।

सगठबन्धनका नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा आजै निर्णायक छलफल गर्ने बताइएको छ।