काठमाडौँ– कृषि समावेशी रुपान्तरणका लागि मुल्य श्रृङ्खला(भिटा) परियोजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बुधवार ठमेलको एलोफ्ट होटलमा आयोजित एक समारोहबीच राजश्वका कृष्णहरी पुस्कर सो परियोजना सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष(आईएफएडी) बीच गत असोजमा नै सो सम्झौता जारी भएको थियो ।

हालैका दिनमा नेपाल सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रुपमा परिभाषित गरेको, किसान कार्ड/एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरि श्रोत संकलन मार्फत कृषि क्षेत्रमा वित्तिय सहयोग पुर्याउदै आएको कृषि विकास बैंकलाई नेपाल सरकारमार्फत आईएफएडीबाट करीब ८० मिलियन अमेरिकी डलर वित्तिय ऋण सहयोग उपलब्ध हुनेछ ।

यस भिटा कार्यक्रम देशका ५ वटा प्रदेशको विभिन्न जिल्लाहरुमा आयात प्रतिस्थापन गर्न सकिने, निर्यात प्रर्वद्धन योग्य र केहि कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरता तर्फ लैजाने खालका १२ वटा बाली तथा पशुवस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंक लाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै राजश्व सचीव पुस्करले यस किसिमको सहयोगले साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी सृजना हुने तथा यस क्षेत्रको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने विश्वास रहेको बताए ।

यस्तै, यस कार्यक्रमले प्रत्यक्ष रूपमा एक लाख विसहजरा साना कृषक परिवारहरु विशेष गरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविको पार्जनमा सुधार ल्याउने उनको भनाई छ ।

उक्त कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि /पशु तर्फका सचिव क्रमशः डा. गोविन्द प्रसाद शर्मा र श्री निरु दाहालले परियोजना सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । दात्तृ निकाय आईएफएडीका तर्फबाट कन्ट्रि डिरेक्टर रोशनकुकले आफनो अनुभव र कार्यक्रमका बारेमा प्रकाश पार्दै कार्यक्रमको सफलताको कामना समेत गरे ।

उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बैंकका प्रमुखकार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले दात्तृ निकाय मार्फत प्राप्त उक्त सहुलियतपूर्ण कर्जा रकम सही ढंगबाट कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मुल्य श्रृंखलामा आवद्ध गराई लगानी गरिने प्रतिवद्धता व्यक्त गरे ।

साथै उनले सो कार्यक्रम गर्नका लागि कृषि विकास बैंकलाई जिम्मेवारी दिईएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय, आईएकफएडी लगायत सरोकारवाला सबै निकायलाई धन्यवाद ज्ञापन समेत गरे । उक्त अवसरमा भिटा परियोजनाको संक्षिप्त जानकारी बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापा तथा परियोजना निर्देशक विना शर्माले संयुक्त रुपमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अध्यक्षता जनाएका कृषि विकास बैंकका अध्यक्ष तथा अर्थ मन्त्रालयका सह–सचिव रमेश कुमार केसीले बैंकले स्थापना हुंदाकै बखतमा लिएका उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी तथा आयात प्रतिस्थापन हुने गरी मूल्य श्रृंखलाको अवधारणाबाट लगानी गरिने बताए । कार्यक्रमले साना किसानहरुको व्यवसाय वृद्धिमा टेवा पुर्‍याउने र कार्यक्रम सफल हुनेमा आफू विश्वस्त रहेको कुरा बताए ।

सो कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, अन्र्तराष्ट्रिय गैरसरकारी निकाय तथा बैंकका संचालकहरु, उपमहाप्रबन्धकहरु, कम्पनी सचिव, विभागीय प्रमुख र पत्रकारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन शाखाप्रमुख प्रेम प्रसाद खनालले गरेका थिए ।