धनुषा – धनुषामा प्रहरीले ठूलाे मात्रामा लागु औषध फेला पारेको छ । रातकाे समय  गस्ती गरिरहेको २ जनाको प्रहरी टोलीले उक्त  लागु औषध फेला पारेको  हो ।


ADVERTISEMENT


गस्ती गरिरहेको २ जनाको प्रहरी टोलीलाई देखी अबैध लागु औषध कारोबारी लागु औषधको कालाे झोला फाली फरार भएको प्रहरीले जनाएकाे छ  ।


ADVERTISEMENT

# # #


धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका ३ महुवामा रहेको इलाका बिओपीबाट खटिएको कमल राईको टोलीले कालो झोला फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

सो झोलामा विभिन्न किसिमका अबैध लागु औषध रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा पत्ता लगाएको छ । फेला पारिएको सामग्री इलाका प्रहरी कार्यालय खजुरी धनुषामा आवश्यक कारबाहीको लागि पठाइएको धनुषा प्रहरीले जानकारी दियो ।