काठमाडौँ–  कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंंग कुरा गदै संवैधानिक निकास दिनका लागि महाअभियोग दर्ता भएको बताएका हुन् । प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गरेको समेत जनाए ।


ADVERTISEMENT

# # #


मन्त्री बडुले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइले पारित हुने दाबी गरे ।