काठमाडौँ– नेकपा एमाले निकट युवा संघ नेपालले हराएको भनिएको कोरोना विरुद्धको खोपको यथार्थ जानकारी माग गर्दै स्वास्थ्य सेवा बिभागमा ज्ञापन पत्र बुझाएको छ ।


ADVERTISEMENT


आइतबार बिरोध प्रदर्शनका साथ टेकुस्थीत विभाग पुगेका युवा संघ नेपालका नेता कार्यकर्ताले खोपका बारेमा जनतालाई जानकारी गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । २४ लाख खोप खोइ ??? अभियान अन्तर्गत स्वास्थ्य सेवा वीभागसंग जानकारी माग गरिएको संघका प्रवक्ता महाराज गुरुङले जानकारी दिए । खोपको वितरण र खरिद प्रक्रियामा अनियमिमता भएको देखिएकोले संघले यस विषयमा निरन्तरण आवाज उठाउने उनले बताए । खोपमा भ्रष्टाचार गरेकालाई न्यायलयको कठाघरामा उभ्याउने उनको जिकिर छ ।


ADVERTISEMENT

# # #


युवा संघको ज्ञापन पत्र बुझ्दै स्वास्थ्य सेवा बिभागका अधिकारीले कुनै पनि खोप नहराएको दावी गर्दै विभिन्न पालीकाहरुमा मौज्दात रहेको र यथार्य विवरण आउन बाँकी रहेको बताएका थिए । युवासंघले यसअघि खोप प्रक्रियामा अनियमितता भएको भन्दै स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको थियो ।