काठमाडौँ – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ ।


ADVERTISEMENT


प्रधानन्यायधीशको राजीनामा माग गर्दै आइतबार गरिएको आन्दोलनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको बहिर्गमनका लागि दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गर्दै सफल हुने दावी गरे। उनले प्रधानन्यायधीश मात्रै नभई अन्य न्यायधीशलाई पनि बिचौलियाको काम रोक्दै आफुमा सुधार गर्न सुझाव दिए ।


ADVERTISEMENT

# # #


न्यायपालीका सुधार भए अन्य विषयलाई सुधार गर्न सकिने उनको भनाई छ । श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाको लागि नभएर समग्र न्यायपालीकाको सुधारका लागि भएको भन्दै प्रधानन्यायधीशको बहिर्गमन नभएसम्म आन्दोलन जारी रहने बताए ।

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाभियोग प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायधीशलाई सर्वोच्चमा बस्ने अनुमति नभएको र निलम्बित प्रधानन्यायधीश भएको बताए। उनले अर्को प्रधानन्यायधीशको सपथ नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।

त्यसअघि आइतबार सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो । बारले आइतबारदेखि पुन भौतिक उपस्थितिमा आन्दोलनका कार्यक्रमलाई अघि बढाएको हो ।