काठमाडौँ – चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको छ । ओमानले दिएको १३६ रनको चुनौति नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर १३७ रन बनाएर पूरा गरेको हो । ओमानविरुद्ध नेपालले टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक जित हात पारेको हो ।


ADVERTISEMENT


शुक्रबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो । नेपाललाई जित दिलाउन शानदार ब्याटिङ गरे ।  शानदार अर्धशतक बनाए ।


ADVERTISEMENT

# # #


टी–२० अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो अर्धशतक बनाएका उनले ५३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै नटआउट ७३ रनको पारी खेले । यस्तै आरिफ शेखले २० बलमा ३ चौकासहित २५ रन बनाएर आउट भए । यस्तै आशिफ शेखले ११ बलमा २ चौकासहित १४ तथा ज्ञानेन्द्र मल्लले १६ बलमा १३ रनको योगदान दिए ।

शरद भेषावकर ४ रन बनाएर नटआउट रहे । ओमानका लागि कलिमुल्लाहले २ विकेट लिए भने खाबर अलिका नाममा १ विकेट रह्यो ।

यसअघि ओमानका लागि कप्तान जिशान मक्शूदले सर्वाधिक ४३ रन बनाए । नटआउट रहेका उनले सोक्रममा ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै मोहम्मद नादिम ३० बलमा २ चौकासहित ३१ रन बनाएर आउट भए ।  जतिन्दर सिंह १३, कश्यप प्रजापति, शोयव खान र आयान खानले समान ११–११ बनाएर पेवेलियन फर्किए । खुरम नवाज रनमा नटआउट रहे ।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ४ ओभरमा उनले २६ रन खर्चिए । यस्तै कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमलसिंह ऐरीले समान १–१ विकेट हात पारे । नेपालले भोलि युएईसँग खेल्दैछ ।

टी–२० सिरिजमा आयोजक ओमान सहित नेपाल, अष्ट्रेलिया र युएई खेल्दैछन् ।

सिरिजका लागि १७ सदस्यीय नेपाली टोली मंगलबार ओमान प्रस्थान गरेको थियो । सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडीले टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीमा स्थान बनाउने छन् ।

टी–२० सिरिजपछि फेब्रुअरी १८ देखि ग्लोबल छनोटका खेल सुरु हुँदैछन् । उद्घाटन खेलमा फेब्रुअरी १८ मा नेपाल र आयोजक टोली ओमान भिड्दैछन् । प्रतियोगिताका लागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । यस्तै समूह ‘बी’मा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन रहेका छन् ।

समूहका विजेता र उपविजेता टोलीले समेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोली अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । यसपटक नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् ।

ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुग्ने नेपाली टोलीको विश्वास रहेको छ ।