दुनै, डोल्पा– आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पामासम्पूर्ण व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवाला पक्षलाई तालीम दिने काम सम्पन्न हुनाका साथै कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रततर्फ जान थालिसकेको र स्वयंसेवकले समेत गाउँगाउँमा पुगेर मतदाता शिक्षा दिइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


“जिल्लाको उत्तरी क्षेत्रमा रहेको विभिन्न मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मतपेटीका, मतपत्र, मतदाता परिचयपत्रलगायतका निर्वाचन सामग्री वितरण गर्ने काम भइरहेको र डोल्पाको उपल्लो क्षेत्रमा खटिएका कर्मचारी धमाधम त्यसतर्फ जान थालेका छन् । ” निर्वाचन अधिकारी विक्रम गिरीले भने।

उनका अनुुसार सदरमुकामदेखि पाँच–छ दिन लाग्ने तिन्जे, मुकोट, साल्दाङ, छार्का, धोलगायतका साविकका गाविसमा पर्ने मतदान केन्द्रमा खटिएका कर्मचारीलाई भने सेनाको हेलिकप्टरबाट लैजाने व्यवस्था गरिएको र तल्लो डोल्पाका मतदान केन्द्रका लागि पनि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीलगायतका कर्मचारी हिँड्ने तयारीमा छन् ।

आसन्न निवार्चनमा जिल्लाभरका ६६ मतदान केन्द्रका लागि ४३० कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयले जनाएकोे छ । डोल्पामा १८ हजार ९८९ मतदाता छन् ।