काठमाडौँ– नवलपरासी क्षेत्र-२ मा बाम गठबन्धन लाई फेरि अर्को झटका लागेको छ । एकै पटक १०५ जना माओबादी केन्द्र तथा एमालेबाट पार्टी परित्याग गरी नेपाली काङ्ग्रेस मा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


हिजो सुनवल नगरपालिका ११ र १३ मा आयोजित कार्यक्रममा माओबादी केन्द्रका वडा सद्स्य उम्मेदवार मुकुन्दराज चौधरी को नेतृत्वमा उनीहरु प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा नवपरासी-२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवेन्द्र राज कंडेलले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रवेश कार्यक्रमपछि बलुवा, केरवानि, जर्गा , धुरकोट लगायत क्षेत्रमा आज घर दैलो तथा कोण सभा कार्यक्रम गरिएको थियो ।