काठमाडौँ– सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा बढ्दै प्रतितोला ९२ हजार ५०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मुल्य भने यथावत् नै रहेको छ । प्रतितोला ९२ हजार तोकिएको तेजाबी सुनको मुल्य शुक्रबार पनि सोहि मुल्यमै सिमित रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २५० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । अन्तरर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०७ डलर आसपास कारोबार भइरहेको छ ।