काठमाडौँ – बिर्तामोडकी कृपा पौडेल नेपाली बाल गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को पहिलो सिजनको विजेता बनेकी छन् ।


ADVERTISEMENT


शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन् ।


ADVERTISEMENT

# # #


दर्शकहरुको भोटिङको आधारमा विजेता चयन गरिएको सो उपाधिसंगै पौडेलले ट्रफीका साथसाथै १५ लाख रुपैयाँ नगद समेत प्राप्त गरेकी छन् ।

त्यस्तै, उपविजेता अर्थात्, फस्ट रनरअपको उपाधि झापा मेचीनगरकी रोशा फुयाँलले पाएकी छन् । उक्त उपाधिमा उनले ट्रफीसहित तीन लाख रुपैयाँ प्राप्त गरेकी छन् भने, सेकेन्ड रनरअप भएका भारत सिलगुडीका आदित्य विश्वकर्मालाई दुई लाख रुपैयाँ प्रदान गरिएको छ । यी तीनसंगै भक्तपुरकी अभिज्ञा घिमिरे पनि फाइनलमा पुगेका थिए ।

नेपालकै पहिलो बाल गायन रियालिटी शो रहेको उक्त कार्यक्रमका अन्तिम पाँच प्रतिस्पर्धीलाई गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वल्र्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था मिलाइने आयोजक पक्षले जनाएको छ ।

ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारण भएको रियालिटी शोको निर्णायकमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी र १५ जना गायक–गायिका ग्राण्ड जुरीको भूमिकामा रहेका थिए ।