काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै विद्यार्थी संगठन टोलीले प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धि बढेको भन्दै सो मुल्यवृद्धि खारेजका लागि विप्लव नेतृत्वको नेकपा निकट संयुक्त जनवर्गीय संगठनले चक्काजाम गरेको हो ।


ADVERTISEMENT

# # #


चक्काजामका क्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । चक्काजामका कारण केहिबेर सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । सो क्रममा नेकपा निकट अखिल क्रान्तिकारीकाविद्याथीहरुले मूल्यवृद्धिले जनताको जनजीवन प्रभावित पारेकाले सवै मिलेर यसको बिरोध गर्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै उनीरुले एमसीसी राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका थिए ।