काठमाण्डौं-पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालको अचानक भएको निधनपछि आज पहिलो पटक चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।


ADVERTISEMENT


बाम गठबन्धनले आजका लागि भरतपुरको केन्द्रीय बसपार्कमा चुनाबी सभा गर्ने कार्यक्रम पहिल्यै तय गरेको थियो । प्रकाश दाहालको निधनपछि रोकिने सम्भावना रहे पनि दाहालले नरोक्न भनेका थिए ।


ADVERTISEMENT

# # #


दाहालका छोरा प्रकासको आइतबार बिहान आकश्मिक हृदयघातका कारण निधन भएको थियो । ‘प्रचण्डज्यु पक्का आउनुहुन्छ । हिजोसम्म त आउने तर सम्बोधन नगर्ने भन्ने नै थियो । अब यहाँ आएपछि बोल्नु होला नहोला त्यो कार्यक्रमकै बेला तय होला,’ माओवादी नेता तथा बाम गठबन्धनको तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनले भने । आज मध्यान्ह सभा हुँदैछ ।

सभा आयोजना भएको स्थान चितवन क्षेत्र नं. ३ मा पर्छ । दाहाल बाम गठबन्धनको तर्फबाट सोही क्षेत्रका उम्मेदवार छन् । सभामा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आउँदैछन् ।

त्यस्तै माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादल र मातृका यादब पनि आउने नेता शेरचनले जानकारी दिए । सभामा ५० हजार स्थानीय सहभागि हुने गठबन्धनको अपेक्षा छ । सभालाई हेरेर प्रशासनले सुरक्षा र यातायाता व्यवस्था चुस्त बनाएको अधिकारीहरुको भनाइ छ ।