कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको वयस्क चित्तलको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– २ रानिपुरबाट उद्धार गरिएको छ ।


ADVERTISEMENT


कुकुरले लखेट्दै ल्याएको चित्तललाई स्थानीयवासीले बचाइ निकुञ्जका कर्मचारीको जिम्मा लगाएका हुन । कुकुरको आक्रमणबाट चित्तल सामान्य घाइते अवस्थामा फेला पारेको स्थानीयवासी भरत रोकायाले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनले भने, “निकुञ्जका कर्मचारीलाई बोलाई जिम्मा लगाएका छौँं ।” चित्तललाई उपचार पश्चात कर्मचारीले निकुञ्जको सुरक्षित स्थानमा छाडेका छन् ।