काठमाडौँ– मेगा क्यापिटल मार्केट्स लिमिटेडले प्रमोटर सेयर किनबेचका लागि सहजीकरण सुविधा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा (इन्स्योरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविदुत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद– बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको हो ।


ADVERTISEMENT

# # #


जसअन्तर्गत इच्छुक बिक्रेता एवम् लगानीकर्ताले अब सहजै प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयरजस्तै दोस्रो बजारमा किनबेच वा हस्तान्तरणमा गर्न सक्नेछन् ।

बैंकका अनुसार,  यसका लागि इच्छुक ग्राहकले घरैमा बसी मेगा क्यापिटलको सेवाग्राही सम्पर्क नम्बर ९८५१०६७५७८ वा इमेल [email protected]  या मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउनु पर्नेछ ।

बुधवारदेखि शुरु गरिएको सो सुविधाले आफ्ना ग्राहकमा प्रमोटर सेयर खरिद बिक्रिमा सघाउ पुग्ने बैंकको विश्वास छ ।