काठमाडौं – काठमाडौंको बालाजुमा ग्यास बुलेटले च्याप्दा चालकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय दिलीप राजवंशीको मृत्यु भएको हो ।


ADVERTISEMENT


दिलीपले चलाएको भारतीय नम्बरप्लेटको ग्यास बुलेट बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा अचानक गाडी गुडेर अगाडि रहेको भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा च्यापिएका थिए ।


ADVERTISEMENT

# # #


आज बिहान करिब पौने ४ बजे गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा संलग्न अर्का ग्यास बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।