-डा. भीम रावल


ADVERTISEMENT


देशको लागि वलिदान दिने सबै नै महान हुन्
स्वाधीन देश, स्वतन्त्र जनता उद्देश्य राखे जुन,
मान्छौ कि साँच्ची शहीदहरूलाई पवित्र मनले
ठान्छौ कि तिनको आदर्श मानुन् सर्वत्र जनले?


ADVERTISEMENT

# # #


सन्दकपुर हेर, सुस्तालाई बुझ लिपुलेक के भन्छ
लिम्पियाधुरा पराइको कब्जा नेपाली मन रून्छ,
यो कालापानी, दशगजा क्षेत्र हेरेर के भन्छौ
सत्तामा बस्ने तिमी कि आफ्नै स्वार्थमा दिन गन्छौ?

दिवसले आफैं गर्दैन पूरा सपना शहीदको
आकांक्षा पूर्ति नगरी हुन्न जनता र समाजको,
सत्ताको खेल, चुनाउको झेल सधैँ नै किन हो
के यस्तै चालले समृध्दि तर्फ यो राष्ट्र जाने हो?

जुटेर सबै सेवामा देशको अगाडि बढेमा
नझुकाई शीर स्वाभिमानपूर्वक शिखर चढेमा,
शहीदको सम्मान ठहर्छ उचो देशभक्ति भावले
श्रद्धा यहीँ शहीदहरूलाई गरौं स्वाधीन मनले!

(शहिद सप्ताह, २०७८ को सन्दर्भमा देश र जनताको हित र अधिकारको लागि जीवनको आहुति दिने शहीदहरूको सम्मानमा समर्पित)