काठमाडौँ– जेसिस(जेसीआई) ले आफ्नो धरान शाखाको अधिवेशन सम्पन्न गरेको छ । संस्थाले शाखाको ३८ औँ अधिवेशन सोमबार धरान जेसिजको सचिवालयमा सम्पन्न गरेको हो ।


ADVERTISEMENT


उक्त अधिवेशनमा संस्थाले निर्विरोध रुपमा नयाँ कमिटी सदस्य चयन गरेको छ । जसमा अध्यक्षको रुपमा प्रतीक श्रेष्ठ चयन भएका छन् । यस्तै, कार्यकारी उपाध्यक्षको रुपमा सागर प्रसाई र सलुजा मास्के नियुक्त भएका छन्, भने उपाध्यक्षमा क्रमशः राजेन्द्र रिजाल, शुभम् शाक्य, कायुङ राई र निशान नेपाल चुनिएका छन् ।


ADVERTISEMENT

# # #


अंग्रेजी भाषबाट अनुवादित जेसीआई नेपाल एक स्वेच्छिक संगठन हो । यस संस्थाले सन् १९६४ देखि नै देशका युवाको नेतृत्व क्षमता विकासका निमित्त गैरसरकारी संस्थाको रुपमा काम गर्दै आएको छ ।