काठमाडौँ– कृषि विकास बैंक लि. आफ्नो ५४ औँ वसन्त पार गर्दै ५५ औँ वर्षमा प्रवेश गरेको छ । कोभिड–१९ जोखिमलाई मध्यनजर गर्दै उक्त समारोह बैंकले भर्चुअल माध्यमबाटै सम्पन्न गरेको छ ।


ADVERTISEMENT


अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा बैंक समाचार स्मारिका पुस्तकको विमोचन समेत भएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मन्त्री शर्माले बैंकलाई कृषिलाई पहिलो प्राथमिता दिर्दैँ कर्जा प्रवाह गरी सरकारले अगाडी सारेका लोककल्याणकारी एवम् उत्पादनमुखी कार्यलाई प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ्ग व्यावसाय सञ्चालनका लागि निर्देशन दिएका छन् ।

यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकलाई आगामी दिनमा वाणिज्य बैकिङ्ग लगायत कृषि / किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम सञ्चालनका लागि शुभकामना प्रदान गरे ।

बैंकको सो अवसरमा सञ्चालित कार्यक्रममा संचालक समितिका सदस्य, उप–महाप्रबन्धक, कम्पनी सचिवलगायत अन्य सम्बन्धि व्यक्तित्वहरुले सहभागिता जनाएका थिए ।