बिर्तामोड– जिल्ला प्रतिबन्धित लागूऔधाषसहित ती व्यक्ति पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा बिहीवार ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले लागूऔषध (ब्राउनसुगर) सहित तीन व्यक्तिलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा जिल्ला झापा अर्जुनधारा नगरपालिका–१० का २३ वर्षीय सुदिप ठकुरी, ऐ.ऐकी २३ वर्षीय बासिन्दा उसा राई र ऐं. बुद्धशान्ति गाउँपालिका –४ का २७ वर्षीय पुर्णलाल लिम्बु रहेका छन् ।


ADVERTISEMENT

# # #


तत्कालका लागि ईलाका प्रहरी कार्यालयमै नियन्त्रणमा राखिएको उनीहरुलाई जिल्ला अदालत, झापाबाट म्याद थप गरी कानुनी आवश्यक प्रकृया अगाडि बढाइने प्रहरीले जनाएको छ ।