काठमाडौँ – रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्वखेलाडी शक्ति गौचनले दुःख व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया राख्दै शक्तिले क्रिकेटमा राजनीति छिरेकाले आफू पराजित हुनु परेको बताएका छन् ।


ADVERTISEMENT


उनले भिडियो सन्देशमा भनेका छन्, ‘हिजो भएको रुपन्देही जिल्ला क्रिकेट संघको चुनावको नतिजाले मेरो मन रोएको छ र मेरो क्रिकेट रोएको छ । मलाई लाग्थ्यो, रुपन्देही जिल्लामा सायद राजनीति छिरेको छन । तर, हिजोको नतिजाले प्रस्ट पारिसकेको छ कि रुपन्देही जिल्ला क्रिकेटमा पनि राजनीति छिरिसकेको छ ।’


ADVERTISEMENT

# # #


शक्तिले बिहीबार भएको रुपन्देही क्रिकेटको साधारणसभाको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् । उनले भने, ‘जुन डकुमेन्टहरु पेश गरियो र जुन चुनाव प्रक्रिया भयो, यदि मैँले त्यसको खण्डन गर्ने हो भने सायद रुपन्देही जिल्ला क्रिकेट संघ कारबाहीमा पर्न सक्छ ।’

यद्दपी शक्तिले आफू चुनाव प्रक्रिया र रुपन्देही जिल्ला क्रिकेट संघलाई अप्ठ्यारोमा पर्न नचाहने बताए । चुनावको नतिजालाई आफू सहर्स स्वीकार्ने बताउँदै उनले चुनावमा जितेका प्रतिनिधिहरुलाई आउने कार्यकालको लागि शुभकामना समेत दिए ।

रुपन्देही जिल्ला क्रिकेटको विकासका लागि आफू सँधै सक्रिय रहने बताउँदै उनले खेल र खेलाडीको हक हितका पक्षमा सँधैं आवाज उठाउने बताए । उनले भने, ‘म उहाँहरुलाई खबरदारी गर्न चाहन्छु, यदि उहाँहरुले आउने दिनमा खेल र खेलाडीको हकहितमा काम गर्नुभएन भने शक्ति गौचन पहिलो आवाज हुनेछ, जसले तपाईंहरुको विरुद्ध आवाज उठाउने छ ।’

उनले निर्वाचनमा आफूलाई मत दिनेहरुलाई धन्यवाद समेत दिए ।

करिब दुई दशक नेपाली क्रिकेटलाई महत्वपूर्ण योगदान दिएका शक्तिले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । उनी हिजो ९बुधबार० भएको रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षको निर्वाचनमा हरिबहादुर थापासँग २४ भोटले पराजित भएका थिए ।

भिडियो हेर्नुहोस्: