काठमाडौँ– लघुवित्तहरुमा अग्रणी छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी चयन भएका छन् ।


ADVERTISEMENT


कम्पनीका निवर्तमान अध्यक्ष ऋषिराज जोशीको कार्यावधि अन्त्य भएसंगै माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्षमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष जोशीको पदावधि पुस २३ गते समाप्त भएको थियो । सर्वसम्मत रुपमा चयन नव अध्यक्ष जोशीले अब छिटै कम्पनीको कार्यभार सम्हाल्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #


जोशीले छिमेक लघुवित्तको पूर्वसीईओका रुपमा समेत काम गरिसकेका छन् । नेपालको लघुवित्तको इतिहासमा जोशीको महत्वपूर्ण योगदान रहेको छ । उनी लघुपिवत्त क्षेत्रका विज्ञ एवम् अभिभावकका रुपमा समेत चिनिन्छन् ।