काठमाडौँ– बैंक अफ काठमाण्डू लिमिटेड(बीओके)का ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।


ADVERTISEMENT


बीओकेको मेडिप्लस तथा ट्रमा सेन्टरसंग भएको सम्झौता अनुरुप बैंकका गहकले यी संस्थाबाट सेवा प्राप्त गर्दा १० प्रतिशतसम्म छुट पाउने भएको हो । यसका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।


ADVERTISEMENT

# # #


मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । यस्तै, बैंक अफ काठमाण्डू लिमिटेडले पनि ९४ शाखा कार्यालय, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।