काठमाडौँ– कोरोना भाइरसको उत्परिवर्तनको क्रमसंगै यसबाट व्यक्तिमा देखापर्ने लक्षणहरुमा पनि परिवर्तन आएको देखिएको छ । विगतका तुलनामा हाल संक्रमितहरु अझ विशेषगरी खोप लगाइसकेर पनि ओमिक्रोनबाट संक्रमित भएका व्यक्तिहरुमा मुख्यतयाः पाँच लक्षणहरु साझा रुपमा देखिएको विज्ञहरुले बताएका हुन् ।


ADVERTISEMENT


उनीहरुका अनुसार, हाल आमिक्रोनबाट संक्रमित व्यक्तिहरु मुख्यतयाः यी पाँच लक्षणहरु साझा रुपमा देखा परेका छन्ः


ADVERTISEMENT

# # #


–नाकबाट पानी बगिरहनु

–टाउको दुख्नु

–थकानको महशुस हुनु

–हाछ्युँ आउनु

–र, घाँटीको दुखाई हुनु ।

यस्तै, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले पनि माथि उल्लेखित लक्षणहरु खोप लगाएर पनि ओमिक्रोनबाट संक्रमितहरु देखिने साझा लक्षण हुन् भनेर पुष्टि गरेको छ । यस्तै, डब्लूएचओका अनुसार, तुलनात्मक रुपमा यसअघिका भेरियन्टमा जस्तो ओमिक्रोन संक्रमितहरुमा ज्वरो आउने, खोकी लाग्ने तथा स्वाद र गन्धको क्षमतामा हृास आउने लक्षण एकदमै न्यून रहेको छ । बरु हाल संक्रमितहरुमा धेरैजसो चिसोका कारण देखापर्ने लक्षणहरु साझा रुपमा देखा परिरहेका छन् ।

भेरियन्ट अनुसार, देखा परेका छुट्टाछुट्टै कोभिड–१९ भेरियन्टका लक्षणहरु

विगतका भेरियन्टको तुलनामा ओमिक्रोन थप संक्रामक तर कम हानिकारक देखिएको छ । यद्यपि भाइरसले कम हानी गर्दैमा त्यसलाई कोरोना भाइरसविरुद्धको जीत सम्झने गल्ती नगर्न डब्लूएचओले आग्रह समेत गरेको छ । कम हानिकारक भएपनि खोप नलगाएका समूहको सन्दर्भमा यो अझै जोखिमपूर्ण नै रहेको डब्लूएचओको चेतावनी छ ।

सन् २०१९ मा पहिलो पटक चीनको वुहानबाट शुरु भएको कोभिड–१९ ले हालसम्म्म विश्वमा ५५ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । नेपालको सन्दर्भमा भन्ने हो भने कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ६२८ जनाले ज्यान गुमाइसकेका छन् ।