काठमाडौँ– नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य नैनसिंह महरले तीन तहको निर्वाचन एकसाथ गर्न प्रस्ताव गरेका छन् । नेता महरले सबै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुने बताएका हुन् ।


ADVERTISEMENT


‘आवधिक निर्वाचन विना लोकतान्त्रिक पद्धति संस्थागत हुन सक्दैन । संविधान र कानुनको मर्म अनुसार सबै तहका निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रमा विश्वास राख्ने सवै राजनीतिक दलहरुका लागि नैतिक र बाध्यकारि ब्यवस्था हो भन्ने कुरा सर्वविदित नै छ’, नेता महरले भने, ‘तसर्थ सबै राजनीतिक दलको सहमतिमा संघ , प्रदेश र स्थानिय (तीन तहको) निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुन्छ ।’


ADVERTISEMENT

# # #


तीनै निर्वाचनसंगै गर्न सके समय र आर्थिक हिसाबले देश र राजनीतिक दलहरुका लागि किफायती हुने उनको भनाई छ । साथै महरले तीन तहको चुनाव एकसाथ गर्न सके जनताको प्रतिनिधित्व गर्ने संसदलाई असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बाम्बार विघटन गर्ने तथा संसद अवरुद्ध गरेर संसदीय व्यवस्थालाई बदनाम गर्ने नेकपा एमाले नामक पार्टीलाई जनताले दण्ड दिने अवसर पनि यही निर्वाचन हुनसक्ने नेता महरले दाबी गरे ।