काठमाडौँ– कोभिड–१९ को लक्षण देखिएका व्यक्तिलाई अब सरकारी अस्पतालमा पिसिआर शुल्क नलाग्ने भएको छ ।


ADVERTISEMENT


सरकारले कोभिड–१९ को पिसिआर परीक्षणको नयाँ शुल्क निर्धारण गर्ने सन्दर्भमा कोरोना परीक्षणको मूल्य घटेको र लक्षण देखिएकाको निशुल्क पिसिआर परीक्षण गरिने जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


मंगलबार स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलनमा बोल्दै सह–प्रवक्ता समिरकुमार अधिकारीले निजी तथा सरकारी दुबै अस्पतालमा पिसिआर परीक्षण दर घटाइएको बताए ।

सह प्रवक्ता अधिकारीका अनुसार यसअघि रु दुई हजार रुपैया लिदै आएको निजि अस्पतालमा हाल प्रती पिसिआर परीक्षण बराबर १५ सय रुपैया र एक हजार रुपैयाँ लिदै आएको सरकारी अस्पतालमा हाल ८ सय रुपैयाँ शुल्कदर कायम गरिएको छ ।