काठमाडौँ– नेपालमा सोमबार ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा आरटी पिसिआरमार्फत १० हजार ४१२ र एन्टीजेन मार्फत ४ हजार १४४ गरी देशभरबाट गरिएको कुल १४ हजार ५५६ जनामा गरिएको नमुना परीक्षणमध्ये अन्य थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २३ पुगेको छ ।

त्यस्तै थप ५ सय ४७ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख १६ हजार ९ सय ८५ जना निको भएका छन् । हाल नेपालमा ३० हजार ८ सय ७७ सक्रिय संक्रमित आइशोलेशनमा र एक सय जना क्वारेन्टाइनमा रहेका छन् ।