काठमाडौँ– गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणका साथ देशलाई विश्वसामु चिनाउने भन्दै देशको गौरवलाई आफ्नो स्वार्थभन्दा माथि राखेर राष्ट्र हकहितका निम्ति अघि बढेका धुर्मुस सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीहरु विरुद्ध रंगशाला निर्माणका कार्य समयमै नसकेको भन्दै अख्तियारमा उजुरी परेको हो ।


ADVERTISEMENT


बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएका हुन् । धुर्मुस–सुन्तली फाउण्डेसनले आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानबिन गर्नुपर्ने एनआएस अधिकारीको माग छ ।


ADVERTISEMENT

# # #


विगतमा आफुहरुले पटक पटक मापदण्ड र लागतमा फाउण्डेसनलाई ध्यानाकर्षण गराएको र अहिले पनि आयोजना अलपत्र पारेर कति रकम उठ्यो? भन्नेसम्बन्धिको हिसाबकिताब पारदर्शी नगराएको अधिकारीको आरोप छ । ‘त्यहि भएर मैले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा मुद्दा दर्ता गराएको हो’, उनले भने ।

‘देश–विदेशमा रहेका नेपालीहरूबाट चन्दा संकलन र भरतपुर महानगरपालिकालगायतका सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाई हाल सो रंगशालाको सरकारी इञ्जिनियरहरूबाट मूल्यांकन गर्दा १७ प्रतिशत पनि निर्माण कार्य नगरी उल्टै १७ करोड ऋण तिर्नुपर्ने रकम देखाई परियोजना अलपत्र पारेर फरार रहेकोमा निजहरूलाई पक्राउ गरी आर्थिक अपचलन र ठगी मुद्दामा छानबिन गर्न माग गर्दछु’, उनले निवेदनमा लेखेका छन्।

विगतमा पनि भुकम्पमा परी घरविहिन भएका समूहलाई नमुना बस्ती र बाढीपिडितको उद्दार एवम् राहत कार्यक्रममा पुगी रहेका फाउण्डेसनले रंगशालाका हकमा भने सामाजिक सञ्जालको दुरुपयोग गर्दै मोटो रकम उठाएर व्यापक भष्टाचार गरेको उनको आरोप छ। यस्तै, आयोगले पनि आयोगले धुर्मुस सुन्तली फाउण्डेसनविरुद्ध उजुरी परेको र यससम्बन्धि आवश्यक अनुसन्धान प्रक्रियाहरु अघि बढाइएको पुष्टि गरिसकेको छ ।