काठमाडौँ– पठाओ नेपालले कार्यालयको आन्तरिक विभागमा उपस्थित हुने आफ्ना कर्मचारीलाई कोभिड–१९ परीक्षण ‘सेल्फ टेस्ट किट’ (स्व–परीक्षण किट) अनिवार्य गरेको छ ।


ADVERTISEMENT


विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै पठाओले आफैँ परीक्षण गर्न सकिने कोरोना परीक्षणलाई प्राथमिकता दिएको हो । कार्यालयमा उपस्थित हुने आफ्ना कर्मचारीका निम्ति ल्याइएको सो नियम अनुरुप प्रत्येक कर्मचारीलाई सातामा एकपटक अनिवार्य रुपमा सो परीक्षण गराइने कम्पनीको भनाई छ । यसका लागि कम्पनीले स्काईटच बायोमेडको ‘फ्लोफ्लेक्स किट्स’ को प्रयोग थालेको छ ।


ADVERTISEMENT

# # #


कोभिड–१९ सेल्फ टेस्ट किट्स घरमै बसेर व्यक्ति स्वयमले आफुमा कोरोना संक्रमण छ वा छैन भनी जाँच गर्न सकिने एक प्रकारको किट हो । व्यक्तिले आफ्नै स्वाब परीक्षण गर्दा १० देखि १५ मिनेटको अवधिभित्रै संक्रमणको नतिजा थाहा पाउन सकिने यस किटको प्रयोगलार्ई नेपाल राष्ट्रिय प्रयोगशालाले समेत अनुमति दिइसकेको छ ।

किट्सको मान्यता र अनुमतिसंगै नेपालमा यस किट्सले आमव्यक्तिलाई पिसीआर टेस्ट तथा रिपोर्टका लागि घन्टौँ लाइन बस्नुपर्ने बाध्यताबाट मुक्त गराएको बिक्रेताहरु बताउँछन् । यस्तै, किटको सहि प्रयोगले नतिजा प्रभावकारी नै रहने उत्पादकर्ता स्काइटच बायोमेडको दाबी छ ।

हाल बजारको जुनसुकै फार्मेसीमा उपलब्ध यस किटको बजार मुल्य ७ सय ५० रहेको छ भने सहजताका लागि यसलाई यसलाई दराज अनलाईन सपिङ र सस्तो डिलमा समेत उपलब्ध गराएको छ ।

सेल्फ टेस्ट किटसंग सम्बन्धित लेख

आफैँ कोरोना परीक्षण गर्न सकिने, स्काईटचले ल्यायो यस्तो सेवा