काठमाडौँ– आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस । यस अवसरमा मंगलबार विभिन्न सरकारी एवम् गैरसरकारी संस्थाहरुले भिन्न्दाभिन्दै स्थानमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको स्मृतिमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।


ADVERTISEMENT


यस अवसरमा काठमाडौँको सिंहदरबार गेट अगाडि रहेको पृथ्वी नारायण शाहको सालिकमा विभिन्न दलका नेता, मन्त्री एवम् राष्ट्रपति विद्यादेवी भण्डारी तथा पूर्वराजा ज्ञानेन्द्र शाह लगायतले माल्यार्पण गरेका छन् ।


ADVERTISEMENT

# # #


विशेष तामझामका साथ आयोजना गरिएको सो कार्यक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भने अनुपस्थित रहेको देखियो । राष्ट्रनिर्माता र राष्ट्र प्रणेता भन्दै सम्मानका साथ यता आम नागरिकले पृथ्वी नारायण शाह दिवसको यस दिनलाई नेपाल दिवसको रुपमा घोषण गरिनुपर्ने माग राख्दै गर्दा सो समारोहमा प्रधानमन्त्री देउवा भने पृथ्वी नारायण शाहको सालिकमा हार लगाउन सिंहदरबार नपुगेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि शनिवारदेखि देउवा आइसोलेशनमा छन् । सोहि कारण उनी आजको समारोहमा नपुगेका हुन् । गत हप्तामात्रै बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।

यद्यपि उनले बिहानै ट्विटमार्फत यस दिनको अवसरमा शुभकामना दिन भने भ्याएका थिए ।