काठमाडौँ– नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


पौष महिनाको अवधिभर संकलित कुल ११४६ नमूनामध्ये एस–जिन स्क्रिनिङ्ग गर्दा नेगेटिभ देखिएको २५० नमूनाको जिन सीक्वेन्स गर्दा २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

यसलगत्तै मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ। यसका साथै सीमामा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ भएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयको भनाई छ ।

यस्तै,  हालसम्म उपलब्ध तथ्याङ्क अनुसार, नेपालमा ओमिक्रोन भेरिएन्टका कारण अत्याधिक कोभिड–१९ का केशहरु बढ्न सक्ने सम्भावनातर्फ सजग गराउँदै मन्त्रालयले जनस्वास्थ्य मापदण्डहरुको पालना गर्न सम्बन्धित सम्पूर्णमा आग्रह समेत गरेको छ ।

यसअघि नेपालमा गत २० मंसिरमा ६६ वर्षका एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षका एक व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । यद्यपि हाल भने दुवैजना संक्रमणमुक्त भइसकेका छन् ।