काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सुहाउँदो नभएको धारणा व्यक्त गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ जिल्ला पार्टी अधिवेशनहरूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


हाल सरकारको कमजोर नेतृत्वका कारण हरेक ठाउँमा योग्य मानिसहरुलाई निष्काशन गर्ने संस्कृतिले देशको आर्थिक स्थिति झन्झन् खस्कँदै गएको भन्दै अध्यक्ष ओलीले अहिलेको सरकार सरकारमा बस्न लायक नभएको बताएका हुन् ।

देशको यस अवस्था आफैँमा अत्यन्तै दुःखको कुरा रहेको बताउँदै उनले अघि भने, ‘अहिलेको सरकार सरकारमा बस्न सुहाउने सरकार नै होइन । त्यसैले, जनताले सरकारमा बस्न सरकारलाई आदेश दिएको थिएन ।’ तर, यसमा संसद् असंवैधानिक रुपमा अघि बढेको भन्दै उनले संसद्को सो निर्णयलाई ड्रामाको उपमा समेत दिएका छन् ।

अघि बोल्दै उनले थपे , ‘संसद्ले जहाँ सरकार परिवर्तन गर्ने, सरकार निर्माण गर्ने, प्रधानमन्त्री नियुक्त गर्ने, नियुक्तीका लागि सिफारिस गर्ने, सरकार गठन गर्ने काम  गर्छ, त्यहाँ संसद्ले प्रधानमन्त्री हटाएर अर्काे प्रधानमन्त्री नियुक्त गरिएको र अर्काे प्रधानमन्त्रीले शपथ ग्रहण गरिसकेको यी सबै कुरा थाहा पाएन । संसद्ले एकैचोटि विश्वासको मत लिने ड्रामामा सरिक हुन बाध्य बनायो । त्यो एउटा ड्रामा थियो । असवैँधानिक क्रियाकलापबाट जन्मिएको अस्वस्थ्य ड्रामा ।’