काठमाडौं – नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण गराएको छ ।


ADVERTISEMENT


संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वृद्धाश्रमका ४५ जना ज्येष्ठ नागरिकलाई ज्याकेट तथा आवश्यकताअनुसार टोपीका साथै राधाकृष्ण गुरुकुलका २३ जना बटुकलाई टोपी वितरण गरेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । उक्त अवसरमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित केलादीघाट घामको धार्मिक भ्रमण गराइएको थियो । केलादीघाट भ्रमणका क्रममा त्यहाँस्थित वृद्धाश्रममा बस्दै आएएका ज्येष्ठ नागरिकका लागि १५ ज्याकेट र ४० वटा टोपी पनि वितरण गरिएको उनले बताए ।


ADVERTISEMENT

# # #


असहाय ज्येष्ठ नागरिकलाई केलादीघाटको भ्रमण गराइएको उल्लेख गर्दै उहाँले यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा प्रवर्धन गर्नु आवश्यक भएको बताए । भ्रमणका क्रममा केलादीघाटमा आयोजित कार्यक्रममा चापकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले केलादीघाटको ऐतिहासिक एवं सांस्कृतिक महत्व रहेको जनाउँदै यसको प्रवद्र्धन अपरिहार्य भएकामा जोड दिए ।