काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ३०० रुपैयाँले घटेर रु ९३ हजार १०० रुपैयाँमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला  ९२ हजार ९०० रुपैयाँ तोकिएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला  पाँचले घटेर  एक हजार २६५ रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।

चाँदी आइतबार प्रतितोला  एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।