काठमाडौं – नेकपा (माओवादी केन्द्र)को महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता र मतदान हुँदैछ । आठौँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गर्दै आज दिउँसो २ देखि साढे तीन बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । माओवादीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिकाअनुसार दिउँसो २ देखि साढे ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको बताए ।


ADVERTISEMENT


कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता सूची ३: ४० मा प्रकाशित गरिने छ भने दिउँसो ४ बजे उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । आयोगका अनुसार ४:४० मा उम्मेदवारको नामावली पुनः प्रकाशन, साढे ५ बजे उम्मेदवारी फिर्ता र ५: ४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय निर्धारण गरिएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै ६: २५ देखि १० : २५ सम्म नेतृत्व चयनका लागि मतदान हुने निर्वाचन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसअघि शनिबार साँझ निर्वाचन प्रक्रिया सुरु गर्ने भनिए पनि सहमतिमा केन्द्रीय समिति चयन गर्ने भन्दै बन्दसत्र स्थगन थियो । बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका आधारमा केन्द्रीय समिति चयनका लागि गृहकार्य भइरहेकाले थप गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्र आइतबारसम्मका लागि स्थगन गर्ने प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावअनुसार निर्वाचन कार्यतालिका आज दिउँसोका लागि सारिएको हो ।

महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । सबै समिति समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ ।