काठमाडौं – डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ ।


ADVERTISEMENT


उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ । ।


ADVERTISEMENT

# # #


काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७५÷७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ । रासस