काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७-७८ पेश गर्ने एउटै मात्रै कार्यसूची रहेको छ । त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ ।