काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाबाट बागमती प्रदेश र केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सम्मानमा काङ्ग्रेस ललितपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्नु सरकारको दायित्व रहेको भन्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले कांग्रेस नेतृत्वको लोकतान्त्रीक सरकार भएको भन्दै जनताको शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनौट हुने खालको निर्वाचन समयमै सम्पन्न हुने बताए ।

कांग्रेस जवरजस्ती कब्जाको शैलिमा सरकार बनाउन नचाहने भन्दै उहाले जनताको मतका आधारमा सरकार बन्नुपर्ने कांग्रेसको घोषित आधारशिला रहेको धारणा राखे । उनले जित्नसक्नेलाई उम्मेद्वारी दिने र जिताउन सक्नेको साथ लिने उल्लेख गरे ।