काठमाडौँ– एभरेष्ट अस्पताल प्रालीले अंग्रेजी नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ वर्ष–२०२२ को अवसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।


ADVERTISEMENT


यससंगै अस्पतालले निश्चित अवधिका लागि निःशुल्क सुगर जाँचको समेत व्यवस्था गरेको छ । पुस १६ गतेबाट पुस २५ गतेसम्ममा लागु हुने सो अफरअन्तर्गत  सुगर जाँचको हकमा भने बिरामीले बिहानको ६.३० बजेभन्दा अगाडी निःशुल्क सुगर जाँच गराउन सकिने अस्पतालका प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले बताए ।


ADVERTISEMENT

# # #


प्रत्येक वर्ष केही न केही नयाँ अफरहरु दिदै आएको एभरेष्टले ‘होल बडी चेकअप’ मा छुटसंगै अन्य ५ प्याकेजसमेत प्रदान गर्न लागेको प्रशासकिय प्रमुख बरालको भनाई छ । ‘ती व्याकेजअन्तर्गत भने,पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन्’, उनले भने ।