काठमाडौँ– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सबै समुदाय एक भएर नेपालको विकासका लागि अघि बढ्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


तमु ल्होसारका अवसरमा काठमाडौंको बिहीबार टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको भन्दै सबै समुदाय एक भएर नेपालको विकासका लागि अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री उनले विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख गरे विविधता भित्रको एकता र समाजिक सद्भाव सांस्कृतिक अभ्यासका उदाहरण रहेको भन्दै उहाले सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि भएको उनको जिकिर छ ।

कार्यक्रममा गुरुङ समूदायमा रहेर समाजमा उल्लेख्य काम गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।