काठमाडौं – सिरहाको औरही गाउँपालिका १ बाट सशस्त्र प्रहरी बलले करिब ३० किलो गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले सीमा क्षेत्रमा बरामद गरेको हो ।


ADVERTISEMENT


यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका- ११ कोशी बादबाट बिहीबार ९ गते सशस्त्र प्रहरीले करिब ४० किलो गाँजा बरामद गरेको थियो ।  सोही ठाउँमा परालको कुन्यूमा लुकाई राखेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाइनले बरामद गरेको हो।


ADVERTISEMENT

# # #