काठमाडौं – नेपाली कांग्रेसको १४ महाधिवेशनको मतगणनामा मुक्ताकुमारी यादवले सर्वाधिक मत पाएकी छन् ।  मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी मुक्ताकुमारीले अहिलेसम्मकै सर्वाधिक मत पाएपछि चर्चाको विषय बनेको छ ।


ADVERTISEMENT


चार पदका लागि भएको प्रतिस्पर्धामा पाँच जना सहभागी थिए । जसमध्ये यादवले सर्वाधिक ३९६० मत पाएकी हुन् । कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ४६७१ मत खसेकोमा १३ मत बदर भएको थियो । यादवले ल्याएको मत खसेको मतको ८४.७ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यसअघि केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका विपी पुत्र शशांक कोइरालाले ३८३६ मत पाएका थिए। कोइरालाको भन्दा पनि उनले १२४ मत बढी पाएकी हुन् । त्यस्तै मधेसी तर्फको महिला सदस्यमा नागिना यादवले २८४६, मञ्जुकुमारी यादवले २८८६, मिनाक्षी झाले ३०१२ मत ल्याएर विजयी भएका छन् ।